Saturday, April 25, 2015

हामी केहि गर्न सक्छौ?

अहिले सबै तिर एक खालको माहोल छ त्यो हामी सबै प्रबिधिमा लागेको युवालाइ थाह हुनु पर्छ, सबै क्षेत्रका बौद्धिक वर्ग यसदेखि चिन्तित पनि हुनुहुन्छ| म यहाँ केहि सम्भावनाहरुको बारेमा मैले देखेको प्रबिधिको क्षेत्रबाट गर्न सकिने कुरा राख्छु, यदि तपाई संग सिप छ पैसा छ, र आँट छ भने हामी सुरु गरौ

नेपालमा केहि अभियानहरु संचालनमा छन् ती अभियानहरुलाई एकत्रित गरौ र नयाँ सम्भावनाहरु उजागर गरौ जसले गर्दा हाम्रो योग्य जनशक्तिहरुलाई केहि हद सम्म रोजगारी बनाउन सकिन्छ र जाजरकोट महामारी जस्ता समस्याहरुलाई हामी हाम्रो अभियानबाट Address गर्न सक्छौ
१) प्रत्येक जिल्ला, गाबिस तथा क्षेत्रमा भएका संरचना, त्यसमा भएका घटनाहरुलाइ एक ठाउमा ल्याऊने 
 १.१) हाम्रो जिल्ला, गाउ तथा नगरमा भएका अस्पताल, स्कूल, अथवा सार्बजनिक सेवामा संलग्न सस्थाहरु वा संरचनाहरुको लगत राख्ने: जस्तै स्वास्थ, शिक्षा जस्ता यावत क्षेत्रसंग सम्बन्धित सस्थाहरु चाहे सरकारी, अर्ध-सरकारी वा निजि जे सुकै होस् तिनीहरुले दिने सेवा, सुबिधा, कर्मचारी संख्या, कर्मचारीहरुको लगत राखौ, जसमा यदि हामी सर्बसाधारण उत्तरदायी हुने हो भने कुन कर्मचारी कतिबेला बिदामा बसेको छ कैले फर्किने हो उसको दैनिकी कसरि बित्दै छ, त्यहाँ कस्तो जनशक्ति आबस्यकता छ कस्तो हुनुपर्थ्यो ती सबै कुराहरु लगत राखियो भने त्यसलाई उत्तरदायी निकाय (अनुगमन गर्ने निकाय) सम्म पुर्याई उक्त सस्थाको कम कारबाही चुस्त दुरुस्त राख्न सकिन्छ| उदाहरणको लागि जाजरकोट जस्ता दुर्गम क्षेत्रमा अस्पताल, स्कूलमा कर्मचारी नबस्ने गुनासाहरु पुराना हुन् ती सूचना चाडै उत्तरदायी निकायमा पुर्युना सकिन्छ र आबश्यकता अनुसार कारबाही गर्न सकिन्छ| यति मात्रै होइन ती सस्थाहरुमा हुने भ्रस्टाचार, झोलामा स्कूल राखी ठग्ने कार्य, देखि लिएर ब्यबसायको नाममा गरिने लुटतन्त्र सम्मको अन्त्यको परिकल्पना गर्न सकिन्छ|
१.२) के यस्ता कार्य गर्नको लागि खर्च कसरि जुटाउन सकिन्छ? भन्ने प्रस्न टड्कारो आउन सक्छ| शुरुमा त कसै न कसैले यसलाई लगानी गर्नु पर्ने हुन सक्छ मलाई लाग्छ राम्रो Application बनाउनको लागि लगभग ३-५ लाख रुपैया चाहिने हुन्छ बिज्ञापन सहितको लागि तर त्यो लगानी चाडै उठ्छ यसको राम्रो Business value हुन्छ, उदाहरणको लागि यसले एपले जम्मा गरेको सूचनाले समाजमा ठुलो परिबर्तन ल्याउन सक्षम हुन्छ (सायद तपाईले कसरि पैसा कमाउने थाह पाइसक्नु भयो होला), सहि सूचना दिने उत्तरदायी भएर सूचना दिने व्यक्तिलाइ तपाइले केहि रकम पनि दिन सक्नु हुन्छ जसले गर्दा तपाइले केहि व्यक्तिको खाली समयको उपयोग गरि केहि हद सम्म रोजगारीपनि दिनु भयो, अर्को कुरा समाजक हरेक सूचनाहरु तपाई संग भए पछि आफ्नो भाबी व्यापार-योजना कसरि गर्ने (अबको युग तपाई मान्नुहोस या नमान्नुहोस, सूचना प्रविधिको युग हो, २-४ वर्षा ढिलो होला तर तपाई संग यदि सहि र उपयुक्त सूचना छ भने भोलि त्यसको मूल्य ठुलै हुन्छ), सहि सूचना लिनको लागि स्मार्ट फोन प्रयोग गर्न सकिन्छ, र त्यसमा जी.पी.एस., ID, लगायतका कुराहरु पनि यसमा प्रयोग गर्न सकिन्छ|  यस अभियानलाइ Open Data अभियानको रुपमा लैजान सकिन्छ, तथ्यांक बिभाग, देखि विभिन्न सरकारी गैरसरकारी निजि डाटालाइ आधार मानेर नयाँ एप बनाउन सकिन्छ जुन एप बाट पनि तपाइले बिज्ञापन देखि धेरै तरिकाबाट आफ्नो ब्यबसाय अगाडी बढाउन सक्नुहुन्छ | 
१.३) उत्तरदायी समाजको परिकल्पना: यस्तो अभियान संचालन गरिएको खण्डमा भ्रस्टचारी, अनुत्तरदायीहरु आफ्नो गलत बाटो त्याग्न बाध्य हुन्छन जसले गर्दा को को यस्ता गलत कार्यमा लागेका छन् भन्ने कुरा चुनाब हुदा होस् या अन्य केहि काम गर्दा होस् सबै कुरा यसमा आउने हुन्छ| 
१.४) अवसरको खोजि: कुन ठाउँमा के को अवसर छ कुन ठाउँमा के को अभाब छ के को खाचो छ भन्ने कुरा सजिलै थाह पाउन सकिन्छ जसले गर्दा शहर-केन्द्रित नभई हामीलाई अवसर केन्द्रित बनाउन मद्दत गर्छ उदाहर्णको लागि काठमाडौँमा जागिरको लागि भौतारिनेको संख्या पनि धेरै छ र कुनै यस्ता ठाउहरु पनि छन् जहाँ योग्य व्यक्ति नपाएर कैयौ पटक बिज्ञापन गरि अन्तमा नपाएर अयोग्य व्यक्तिले चित्त बुझाउनु पर्ने अवस्था पनि छ| 
१.५) एकताको संदेश: हामी सबै मिलेर आफ्नो ठाउमा के भैराखेको छ यसको कसरि समाधान गर्न सम्भब छ अर्को ठाउँमा के हुदै छ भन्ने कुराहरु सजिलै पहिचान गर्न मद्दत गर्छ, जसले गर्दा योग्य व्यक्तिले सल्लाह दिने देखि लिएर अयोग्य व्यक्तिले योग्य बन्ने अवसरको पनि सिर्जना हुन्छ उदाहरणको लागि बिराटनगरमा केहि रोजगरि खुलेको छ तर योग्य व्यक्ति भेटिएन भने पनि महेन्द्रनगरको व्यक्तिले त्यहाँको अवसरलाइ उपयोग गर्न सक्छ र रोजगार बन्न सक्छ| 
१.६) हामी संग भएको डाटा अन्यत्र जादैन: अहिले हामीले भाइबर, स्काईप, फेसबुकलाइ आफ्नो दैनिक सूचना आदानप्रदान गर्ने मद्द्यम बनाइराखेका छौ यदि हामीले धेरै प्रायोग कर्ता बटुल्न सकेको खण्डमा यसलाई दैनिक मेसेज आदानप्रदान गर्न  उपयोग गर्न सक्छौ र कसैले अवान्छित काम गर्दै छ भने तुरुन्त सम्बन्धित निकायमा खबर गर्न सक्छौ, किनकी अहिले अन्य एपबाट हुने मेसेज आदानप्रदानबाट त्यस्तो सम्भब छैन (जस्तै कसैले फेसबुकबाट कसैलाई फकाएर अन्य देशमा हाम्रा चेलीहरु बेचिरखेका छन् जुन यसको माध्यम बाट सम्भब छ जबकी फेसबुकमा यो अत्यन्त कठिन छ) यसको उपयुक्त उदाहरण भनेको कोरियाको काकाओ (Kakao) भन्ने एप हो जसले आज कोरियाको सम्पूर्ण सूचना लिएर नया नया बिजिनेस गर्ने गर्दै छ (Kakao Taxi, Kakao Shop, Kakao Job, Kakao Friend, Kakao Restaurant.....) यसले अझ भन्ने हो भने सरकारलाइ आफ्नो डाटा बेच्छ र केहि सरकारी बजेट सम्म आफ्नो विकासमा लगाउने गर्दछ, यसको माध्यमबाट आबस्यक परेको बेलामा ट्याक्सी खोज्ने, रेस्टुरेन्टबाट खान अर्डर गर्ने, शपिंग गर्ने, जब खोज्ने,..... तर यसको आधारभूत काम भनेको भाइबर वा स्काईप जस्तै हो ........
२) दक्ष जनशक्तिलाइ रोजगारी: मैले राम्रो संग यहाँ लेखिन, तर यति भने पछि तपाइले पक्कै बुझ्नु भयोहोला कसरि दक्ष जनशक्तिलाइ नयाँ रोजगारीको अवसर प्रदान गर्न सकिन्छ भन्ने, कसरि संयन्त्रलाइ उत्तरदायी बनाउने भन्ने कुरा ... त्यति मात्रै होइन यसमा प्रबिधि बिज्ञ देखि लिएर अन्यलाइ पनि रोजगारी बनाउन सकिन्छ ...के थाह भोलि तपाइँको एपनै नेपालको KAKAO, WHATSUP, VIBER... जस्तो हुने त होइन...हामीले पनि अवसर खोज्ने हो ३-५ लाख क्यास भनेको ठुलो कुरा हो तर प्रबिधीमा लागेका व्यक्ति सिप भएको व्यक्ति, उपयुक्त समुह (प्राबिधिक साथी) भएको र काम गर्ने स्रोत भएकाहरुको लागि यो केहि ठुलो कुरा होइन, पहिले नै सबै कुरा हुनुपर्छ भन्ने छैन सानो एक कुरा बाट सुरु गरेर अन्य बिस्तारै गर्न सकिन्छ, बाकी त भन्नै पर्दैन.............
३) यदि तपाइँले डाटा कलेक्ट गर्नको लागि दिनु भएको सुबिधा (पैसा इन्सेन्टिभ)लाइ क्यासमा नै दिनु पर्चा भन्ने छैन, कुनै समान खरिद गरे बापत सहुलियत पनि दिन सक्नु हुन्छ, जस्तै १००० पोइन्ट भयो भने १०० रुपिया डिस्काउन्ट वा अन्य अन्य त्यो तपाइको बिजनेस मोडेलमा भर पर्छ, अर्को क्षेत्र हेरेर बिज्ञापन दिने जस्तै धनकुटा क्षेत्रको लागि त्यहिको स्थानीय व्यापारि सस्था वा त्यहि सम्बन्धि सूचना......

के गर्ने गर्ने हो? हामी हाम्रो युग हाम्रै कार्यकालमा बनाउने हो? रोजगारीको सिर्जना गर्ने हो?

पहिले कहाँ बाट सुरु गर्ने? मलाइ लाग्छ एउटा समस्या खोजौ जसले सबै नेपालीको कान ठाडो बनाओस र सबै स्मार्ट फोन हुनेहरु इन्टरनेट जोड्नेहरुलाइ सबै फेसबुक चलाउने केहि गरौ भन्ने व्यक्तिलाइ तपाइँको अभियानमा लगाउन सक्षम हुनु भयो भने एक वर्षमा धेरै त होइन १० लाख नेपाली प्रयोगकर्ता तपाइको अभियानमा लाग्छन अनि तपाइले राम्रो अभियान (जस्तै अहिलेको परिप्रेक्षमा #सहयोग_जाजरकोट, #केहि_अभियान..... सुरु गर्नु भयो भने केहि हद सम्म सहयोग जुटाउन सकिन्छ त्यसका सहयोग अभियान हरुका केहि हाम्रो मा प्रचलित मोडेलहरु भन्नु पर्दैन जुन हामी सबैलाई थाह छ ..............)

खस्रो र अपुष्ट विचारको लागि माफ पाउ है
यो नयाँ नेपाल अभियानमा लागेका सम्पूर्णको लागि हो..... राजनैतिक-सामाजिक-आर्थिक समस्या समाधान नगरी नयाँ नेपाल बन्न सक्दैन त्यसैले .... हिहिही 

No comments:

Post a Comment